लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक

काठमाडाैं | भदौ १०, २०८१

लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक

काठमाडौं:    आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ ।


याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । 


याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले संयुक्तरुपमा वर्णमाला सार्वजनिक गर्नुभएको हो ।


वर्णमाला सार्वजनिक हुनु लिम्बु समुदायका लागि नयाँ इतिहास निर्माण भएको मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले बताउनुभयो । “किरात सिरीजङ्गा लिपिको उन्नयन र विकासका लागि हामीले पहिलोपटक वर्णमाला तयार गरेका छौँ,” अध्यक्ष इधिङ्गोले भन्नुभयो, “हामीले भाषा र लिपि संरक्षणमा नयाँ इतिहास रचेका छौँ ।”


सिरीजङ्गा लिपि लिम्बु समुदायमा पहिलेदेखि अभ्यासमा रहेपनि किरात समुदायका अन्य जातिहरुले यही लिपि प्रयोग गर्न थालेपछि यसलाई ‘किरात सिरीजङ्गा लिपि’ नामाकरण गरी वर्णमालाको रुपमा पहिलो पटक प्रकाशन गरिएको याक्थुङ युवा मञ्चले जनाएको छ । 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्